सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया


  •    न्युजभित्तो/१९ जेष्ठ २०७९, बिहीबार ११:०० 
  •  चितवन,१९ जेठ। चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ ।

    चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा राखेर उपचार थालियो ।

    मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको कुराले बालिकाकी आमा कोपिला पुरीको परिवारलाई झस्कायो । चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक विपन्नताको चिन्ता त छँदै थियो ।

    भरतपुर अस्पतालका चिकित्सकहरुले मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए । कलेजका मुटु शल्य चिकित्सक डा. अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे । अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बच्चालाई पुनः भरतपुर अस्पतालमा पठाइएको आचार्यले बताए ।

    चिकित्सकका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नली बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण पनि बढी हुन्छ । फोक्सोमा चाप पर्दै जान्छ । ‘पि्र म्याच्योर’ बच्चाहरुलाई त एनआईसीयूबाट निकाल्दै सकिंदैन, यो त जीवनसँग सम्वन्धित विषय हो,’ डा. आचार्यले भने, ‘एक किलोको बच्चालाई ल्याएर अप्रेशन गरेर बचाउन सफल भयौं ।’

    भरतपुर अस्पतालको एनआईसीयूमा राखिएको बच्चाको अवस्था अहिले राम्रो हुँदै गएको अस्पतालका एनआईसीयू इन्चार्ज डा. ओम पाठकले जानकारी दिए । ‘अहिले तौल पनि बढेको छ, विना अक्सिजन बस्न सक्छ, दूध खाइरहेको छ,’ डा. पाठकले भने, ‘अझै केही समय राखेर आमाको दूध खान सक्ने बनाएर मात्रै डिस्चार्ज गर्छौं ।’ अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम पुगेको डा. पाठकले बताए ।

    डा. आचार्यले बच्चाको शल्यक्रिया जटिल नभए पनि हातमा अटाउने अति सानो बच्चाको अप्रेशन गर्न सक्ने जनशक्ति र व्यवस्थापकीय काम ठूलो भएको बताए । डा. आचार्य र डा. अल्का सिंहको टिमले मुटुको वाइपास सर्जरी, मुटुको प्वाल टाल्ने, भल्ब फेर्ने तथा मर्मत गर्ने, जन्मजात भएका मुटुरोग, मुटु रोगका शल्यक्रिया, छाती, फोक्सोको अप्रेशनसमेत गर्दै आएको छ ।

    आचार्यले कलेजमा ७० वर्ष उमेरका बिरामीको मुटुको ओपनहर्ट सर्जरीदेखि डेढ महिनाका बच्चाको अप्रेशनसम्म गर्न सक्ने जनशक्ति तयार गरिएको बताए । आचार्यकै टोलीले यही जेठ १४ गते नवलपरासी हुप्सेकोटका दुई वर्षको बालकको पनि कार्डियो थोरासिस् भास्कुलर सर्जरी गरेर जीवन बचाएको छ । काठमाडौंमा अप्रेशन गर्न जान तयार भएका ती बालकको चितवनमै सफलतापूर्वक अप्रेशन गरेर वुधवार डिस्चार्ज गरिएको डा. आचार्यले बताए ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दुवै जना बच्चाहरुको अस्पतालले निःशुल्क शल्यक्रिया तथा उपचार गरेर पठाएको बताए । सरकारले दिने विपन्न वर्गको सुविधा अन्तर्गत अस्पतालले शुल्क नलिएको देवकोटाको भनाइ छ । मुटुको उपचारका लागि सरकारले एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.