चितवनको गंगानगर दुग्ध उत्पादक सहकारीले मनायो दूध दिवस
न्युजभित्तो/१८ जेष्ठ २०७९, बुधबार १७:०१
चितवन,१८ जेष्ठ– ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारिकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध दिवस मनाएको छ ।
सहकारीले दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ सहकारीले २२ औँ अन्तराष्ट्रिय तथा १२ औँ राष्ट्रिय दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले आफ्नो सेवा क्षेत्र भरतपुर १३, १४ र २२ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई खादा र अविरले बधाई समेत प्रदान गरेको थियो । भने फरक क्षमता भएका व्यक्तिहरुलाई दुध हस्तान्तर गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामलाल महतोले दुधमा आत्मनिर्भर हुन प्रदेशले विभिन्न कार्यक्रम गर्दै आएको बताए । पुर्वधारको विकास संगै कृषी क्षेत्रमा अघि बढ्न प्रदेश मार्फत विभिन्न योजना कान्वयन भएको उनको भनाई थियो । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारी नारामा मात्र नभई व्यवहारीक रुपमानै दुध क्षेत्रमा राज्यले लगानि गर्नु पर्ने बताए । उनले राज्यबाट प्राप्त हुने सहयोग लिने प्रक्रिया झनजटिलो र गाह्रो भएको भन्दै निति गत रुपमा सहज बनाउनु पर्नेमा जोड् दिएका थिए ।
किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा संचालीत यस सहकारीले आफ्नै नमुना पशुपालन फार्म संगै तीन स्थान बाट दूध संकलन गर्दै आएको छ । संकलित दुध आफैले प्रसोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन र बिक्री गर्दै आएको छ । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आबद्ध छन ।