सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको गंगानगर दुग्ध उत्पादक सहकारीले मनायो दूध दिवस


  •    न्युजभित्तो/१८ जेष्ठ २०७९, बुधबार १७:०१ 
  • चितवन,१८ जेष्ठ– ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारिकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध दिवस मनाएको छ ।

    सहकारीले दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ सहकारीले २२ औँ अन्तराष्ट्रिय तथा १२ औँ राष्ट्रिय दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले आफ्नो सेवा क्षेत्र भरतपुर १३, १४ र २२ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई खादा र अविरले बधाई समेत प्रदान गरेको थियो । भने फरक क्षमता भएका व्यक्तिहरुलाई दुध हस्तान्तर गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामलाल महतोले दुधमा आत्मनिर्भर हुन प्रदेशले विभिन्न कार्यक्रम गर्दै आएको बताए । पुर्वधारको विकास संगै कृषी क्षेत्रमा अघि बढ्न प्रदेश मार्फत विभिन्न योजना कान्वयन भएको उनको भनाई थियो । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारी नारामा मात्र नभई व्यवहारीक रुपमानै दुध क्षेत्रमा राज्यले लगानि गर्नु पर्ने बताए । उनले राज्यबाट प्राप्त हुने सहयोग लिने प्रक्रिया झनजटिलो र गाह्रो भएको भन्दै निति गत रुपमा सहज बनाउनु पर्नेमा जोड् दिएका थिए ।

    किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा संचालीत यस सहकारीले आफ्नै नमुना पशुपालन फार्म संगै तीन स्थान बाट दूध संकलन गर्दै आएको छ । संकलित दुध आफैले प्रसोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन र बिक्री गर्दै आएको छ । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आबद्ध छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.