लालबाबु पण्डितको प्रश्न : एक घन्टामा चितवन हेलिकोप्टरमा झुन्डेर जाने हो?
न्युजभित्तो/१८ जेष्ठ २०७९, बुधबार १६:३१
काठमाडौं,१८ जेष्ठ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद लालबाबु पण्डितले एक घन्टामा चितवन कसरी पुग्न सकिन्छ भन्दै प्रश्न गरेका छन्।
आज (बुधबार) संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हेलिकोप्टरमा झुन्डेर एक घन्टामा पुग्ने हो भन्दै प्रश्न गरे। ‘अर्थमन्त्रीज्यु काठमाडौंबाट चितवन एक घन्टामा हलिकोप्टरमा झुन्डेर जानुहुन्छ? के भन्न खोज्या हो? कति बजेट छुट्याएको छ?,’ उनको प्रश्न छ।
उनले अर्थमन्त्री जनार्दन शर्माले हावादारी बजेट प्रस्तुत गरेको बताए। ‘हावादारी रुपमा प्रस्तुत भएर यो नै ठीक हो, यो नै सत्य हो भनिरहने हो भने के भन्न सकिन्छ?,’ उनले भने। उनले प्रमुख प्रतिपक्षी दलले सुझावमात्र दिएको स्पष्ट पारे।