सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राउटेलाई सामाजिक सुरक्षा भत्ता


  •    न्युजभित्तो/१८ जेष्ठ २०७९, बुधबार १६:०३ 
  • जाजरकोट,१८ जेष्ठ – जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्तै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

    वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् ।

    चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ ।

    अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरूलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.