सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज विश्व दूध दिवसः नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन


  •    न्युजभित्तो/१८ जेष्ठ २०७९, बुधबार ११:३४ 
  • चितवन,जेठ १८- आज विश्व दूध दिवस मनाइँदैछ । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ दूध दिवस मनाउन लागिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो ।

    संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वस्थ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७८ लिटर मात्रै छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ ।

    प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव छ । नेपाललाई २०८० सालसम्ममा दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर, अर्को वर्ष पनि आत्मनिर्भर हुन चुनौती छ ।

    चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब ३३ करोड ९ लाख ८६ हजार रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको सरकारको तथ्याङ्क छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.