माडीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान
न्युजभित्तो/१७ जेष्ठ २०७९, मंगलवार २१:५६
माडी, १७ जेठ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ। नेपाल होमस्टे महासंघ नगर समिति माडीद्वारा मङ्गलबार माडीको दराई होमस्टेमा आयोजित कार्यक्रममा माडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको हो।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी महतोले होमस्टेहरुले हाम्रो कला संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
वर्तमान समयमा होमस्टेहरु ग्रामीण विकासका आधार बनेको उल्लेख गर्दै नगरप्रमुख महतोले होमस्टेहरुको स्तरोन्नति र विस्तारमा नगरपालिबाट सहयोग हुने जानकारी गराउँनुभयो ।
नेपाल होमस्टे महासंघ नगर समिति माडीका अध्यक्ष तुलबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको स्वागत तथा सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, नेपाल होमस्टे महासंघ नगर समिति माडीका सल्लाहकार संयोजक श्रीप्रसाद दवाडी, माडी नगरपालिका वडा नं ५ का अध्यक्ष गणेश घतानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल होमस्टे महासंघ नगर समिति माडीका सचिव खडानन्द अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा राजकुमार दुराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल होमस्टे महासंघका केन्द्रीय सदस्य मनबहादुर पुन र प्रदेश समिति सदस्य जितबहादुर चापागाईंको उपस्थित रहेको थियो।
माडी नगरपालिकामा हाल पाण्डवनगरमा बोटे होमस्टे,बघौडामा थारु होमस्टे, रमाइलोडाँडामा दराई होमस्टे, लक्ष्मीनिवासमा बाह्यण क्षेत्रीको होमस्टे र शिवद्वारमा मगर होमस्टे सञ्चालित छन् भने अरु होमस्टेहरु पनि सञ्चालनको तयारीमा रहेका छन्।