सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिका बलात्कारको अभियोग लागेका युवकलाई कारागार पठाउनआदेश, भतिजि बलात्कार गरेको आरोपमा पक्राउ


  •    न्युजभित्तो/१६ जेष्ठ २०७९, सोमबार १८:२५ 
  • चितवन, १६ जेठ । बालिकामाथि बलात्कारको अभियोगमा एक युवकलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। भरतपुर महानगपालिका वडा नम्बर १० का २९ वर्षे शिव काफ्लेमाथि नाबालिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो। उनको परिवारले गैंडाकोटमा कालिका मेडिकल एण्ड टेक्निकल कलेज र भरतपुरमा छात्राबास सञ्चालन गर्छ। काफ्ले एमबिबिएस पढ्दै छन्।

    होस्टेल सञ्चालक समेत रहेका काफ्लेले आफूमाथि बलात्कार गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले काफ्लेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

    आदेशमा बालिकाले २०७८ साल पुसको अन्तिमतिर सौराहाको र फागुनमा शिवघाटको रिसोर्टमा लागेर जबरजस्ती करणी गरेको पक्राउ गरी कारबाही गरिपाऊँ भनी किटानी जाहेरी दिएको र रिसोर्टका सञ्चालकले पनि उनीहरू आफ्नो रिसोर्टको कोठामा बसेको बयान दिएकाले प्रतिवादीलाई अहिले नै कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको उल्लेख छ।

    आदेशमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुनेगरी हाल मुलुकी फौजदारी कार्यविधि २०७४ बमोजिम कारागारमा थुनामा राख्ने उल्लेख छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीकाअनुसार बालिकाले ती युवकले आफूलाई विभिन्न प्रलोभन र धम्की देखाएर पटक–पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। चितवनभन्दा बाहिरी जिल्ला घर भएकी बालिका भरतपुरस्थित काफ्लेले सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्थिन्।

    काफ्लेले बालिकालाई चितवन नयाँ ठाउँ भएकाले घुम्न प्रस्ताव गरेका थिए। सौराहा रमाइलो छ घुम्न जाउँ भनेर प्रस्ताव गरेपछि पहिलोपटक ती बालिका गत पुस अन्तिमतिर सौराहा पुगेकी थिइन्। उनी पहिलो पटक त्यहीँको एक होटलमा बलात्कृत भइन्।

    सुरूमा प्रलोभनमा पारेर बलात्कार गरेका युवाले पछि डर, धम्की दिएको बालिकाले बताएकी छन्। गत वैशाख १९ गते भरतपुर–१६ स्थित एक होटलमा लगि जबरजस्ती गरेपछि बालिकाले यो कुरा सार्वजनिक गरिन्।

    यो मुद्दा चितवन अदालतमा शुक्रबार दर्ता भएको हो। सुरूआतमा बलात्कार गर्ने युवकविरूद्ध कडा रूपमा प्रस्तुत भएको बालिकाको परिवार पछिल्ला दिनमा भने लचक बन्दै गएको प्रहरी स्रोतले बतायो। तर केही दिनमा आर्थिक रूपले सम्पन्न परिवारको आग्रहमा बालिकाको परिवारले मुद्दालाई कमजोर बनाउन सहयोग गरिरहेको स्रोतले बतायो। “तर पनि बलात्कारजस्तो जघन्य अपराधमा दर्ता भएको मुद्दा प्रहरीले फिर्ता लिने कुरा भएन, मुद्दालाई कमजोर बनाउने प्रयास भने गरिरहेकै छन्” उक्त स्रोतले भन्यो।

    भतिजि बलात्कार गरेको आरोपमा पक्राउ

    त्यस्तै, पूर्वी चितवनमा आफ्नै भतिजीमाथि बलात्कार गरेको अभियोग लागेका पुरूष पनि अहिले प्रहरीको नियन्त्रणमा छन्। रत्ननगर–१० का ती पुरूषले आफूलाई बलात्कार गरेको बयान १५ वर्षीया बालिकाले प्रहरीसमक्ष दिएकी छन्। छोरी हराएपछि आमाले खोजिदिन आग्रह गरेर प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।

    खोज तलासका क्रममा भेटिएपछि बालिकाले ठूलो बुवाले गरेको दुर्व्यवहार सहन नसकेर भाग्नु परेको बताएकी थिइन्। त्यसपछि प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ‘यो घटना पनि अघिल्लो घटना जस्तै कमजोर हुनेवाला छ,’ प्रहरी स्रोत भन्छ, ‘प्रहरीले अनुसन्धान गरिरहे पनि उनीहरू नै आपसमा मिले भने त मुद्दा कमजोर भइहाल्छ।’ (सेतोपाटी डटकमबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.