सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटले चितवनका निजी क्षेत्रमा उत्साह


  •    न्युजभित्तो/१६ जेष्ठ २०७९, सोमबार १५:५८ 
  • चितवन ,१६ जेष्ठ– सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले उक्त आकारको बजेट ल्याएका हुन् ।

    सरकारले ल्याएको बजेटले चितवनका निजी क्षेत्रलाई उत्साहित बनाएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन भएको भन्दै निजी क्षेत्रले बजेटको स्वागत गरेको छ । बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवर्धन, पर्यटन पूर्वाधार विकासजस्ता विषयले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बजेटले निजी क्षेत्रको धेरै बिषयलाई सम्बोधन गरेको बताउँछन् । बजेटले उद्यमी व्यवसायीहरुलाई उत्साहित बनाएको उनी बताउँछन् । चितवनलाई आर्थिक हवको रुपमा बिकास गर्नुपर्छ भन्ने माग यस पटकको बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।

    ‘बजेट सकारात्मक छ । चितवनकै हकमा भन्नुपर्दा पनि धेरै बिषय समेटिएको छ, उनी भन्छन्, ‘चितवनलाई आर्थिक हवको रुपमा अघि बढाउनुपर्छ भनेर निजी क्षेत्रले माग गर्दै आएको थियो । केही हदसम्म यसको सम्बोधन भएको छ ।’

    करको दर घटाउने, दायरा फराकिलो बनाउने जस्ता बिषय स्वागतयोग्य भएको उनी बताउँछन् । सरकारले व्यक्तिगत आयकर सीमालाई परिवर्तन गरेको छ । एकल व्यक्तिका हकमा पाँच लाख र दम्पतीको हकमा ६ लाखसम्म वार्षिक आय भएकाले एक प्रतिशत मात्रै आयकर तिर्नु पर्ने व्यवस्था स्वागत योग्य भएको उनी बताउँछन् । निजी क्षेत्रले लामो समयदेखि यो माग गर्दै आएको थियो । यस पटक बजेटमा समेटिएको उनी बताउँछन् । ‘हामी निजी क्षेत्रले जहिले पनि यो माग उठाउँदै आएका थियौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा प्रस्ताव पठाएका थियौं । अहिले लागू भएको छ । यो पनि स्वागतयोग्य छ’, उनी भन्छन् ।

    कृषि वस्तुको आयात निरूत्साहित गर्ने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, रूग्ण उद्योग सञ्चालन गर्ने जस्ता बिषयले व्यवसायीलाई उत्साहित बनाएको उनी बताउँछन् । उनका अनुसार बजेटले नितीगत रुपमा नै आयात प्रतिस्ठापनको बिषय सम्बोधनमा भने केही कमी भएको छ ।

    तर बजेटमा समेटिएका बिषयहरु कार्यान्वयन हुनेमा पनि आशंका देखिन्छ । कार्यान्वयन पक्ष बलियो हुन सके मात्रै बजेट सफल हुने श्रेष्ठ बताउँछन् । ‘बजेट राम्रो छ । तीन खम्बे अर्थ निती अनुरुप नै बजेट ल्याईएको छ । चालु आर्थिक वर्षको भन्दा १० प्रतिशत बढी छ । अब तोकिएको अनुसार नै काम भयो भने सफल हुन्छ’, उनी भन्छन् ।

    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल बजेटले आशावादी बनाएको बताउँछन् । निजी क्षेत्रका धेरै मागहरु सम्बोधन भएको उनी बताउँछन् । ‘निजी क्षेत्रका मागहरु अथाहा छन् । समग्रमा धेरै मागहरु सुनवाई भएको छ । हाम्रो मागहरु सम्बोधन भएका छन् । तर अब कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेमा भर पर्छ’, उनी भन्छन् ।

    कृषि र पशुपंक्षी बीमाको ८० प्रतिशत राज्यले तिर्ने, स्वदेशमै उत्पादन हुने सामाग्रीहरुको आयात घटाउने, स्वदेशी सामान उत्पादनमा राज्यले दिने सुविधाका बिषयलाई सकारात्मक तरिकाले नै लिन पर्ने उनी बताउँछन् ।

    बजेटले धेरै क्षेत्रलाई समेट्न खोजेको देखिए पनि कार्यान्वयनमा भने उनी पनि आशंका व्यक्त गर्छन् । ‘बजेट उद्यमी व्यवसायी उन्मुख नै छ । धेरै क्षेत्रलाई समेट्न खोजिएको चाँही देखिन्छ, उनी भन्छन्, ‘तर अब कार्यान्वयनको पक्ष कस्तो रहन्छ यसमा शंका छ । ६ महिनापछि निर्वाचन आउँदैछ । सरकार परिवर्तनको कुरा छ । एउटा सरकारले ल्याएको कार्यक्रम अर्को सरकारले अघि नबढाउने हाम्रो परम्परा नै छ ।’

    अम्लेखगंजदेखि चितवनसम्म पेट्रोलियम पाइप लाईन जोड्ने, औद्योगिक केन्द्रलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने जस्ता बिषय समेटिएकोले बजेटलाई सकारात्मक रुपमा लिन सकिने उनी बताउँछन् । सामाजिक सुरक्षा भत्ताको बिषयमा भने दलहरुबीच प्रतिस्पर्धा भएको भन्दै उनले यसको कार्यान्व्यनको पक्षमा आशंका व्यक्त गरे ।

    उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ बजेट महत्त्वकांक्षी भए पनि स्वागतयोग्य नै रहेको बताउँछन् । बिशेष गरी सरकारले उद्योगी व्यवसायीहरुलाई ५० वर्षसम्मका लागि जग्गा लिजमा दिने निर्णय स्वागतयोग्य भएको उनी बताउँछन् । ‘अहिले भू खण्डिकरण र प्लटिङका कारण जग्गा सकिने अवस्था र जग्गाको मूल्य बढीरहेको अवस्थामा उद्योगी व्यवसायीहरुलाई ५० वर्षसम्म लिजमा दिने निर्णय अत्यन्तै स्वागतयोग्य छ, उनी भन्छन्, ‘लगानीको ५० प्रतिशत भन्दा बढी जग्गामै लगाउनुपर्ने अवस्था थियो । यसले धेरै राहत मिल्नेछ ।’

    स्वदेशी उत्पादनलाई प्रवर्द्धन, आयात घटाउने, उद्योगहरु सञ्चालन गर्ने, शक्तिखोरमा औद्योगिक ग्राम जस्ता बिषयले व्यवसायीलाई उत्साहित बनाएको उनी बताउँछन् । ‘औद्योगिक ग्राम निकै महत्त्वपूर्ण कुरा हो, उद्योगहरु सञ्चालन गर्ने, नेपालमै उत्पादन हुने बस्तुहरु आयातमा कडाई गर्नेलगायतले व्यवसायीलाई उत्साहित बनाएको छ’, उनी भन्छन् ।

    सुरुङमार्ग र द्रुत मार्गले व्यवसायीहरुलाई आशावादी बनाएको उनको भनाई छ । यो कार्यान्वयन हुन सके चितवनमा उत्पादित बस्तुहरु अन्य जिल्लामा आयात र बजारिकरणमा कोशेढुङ्गा सावित हुने उनी बताउँछन् ।

    बजेटमा ल्याईएका योजनाहरु कार्यान्वयनमा कडाई गर्नुपर्ने उनको सुझाव छ । ‘सरकारले ल्याएको कुरा कति लागू हुन्छ कति हुँदैन भन्ने हो । हामीले आशाको नजरले नै हेर्ने हो, उनी भन्छन्, ‘अब बजेट कति खर्च हुन्छ भन्ने हो । यस अघि २०-३० प्रतिशत मात्रै खर्च भएको देखिन्छ । हेरौं हामीले आशा गर्ने नै हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.