सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्र दिवसमा चितवन कारागारका १८ कैदीले पाए आममाफि


  •    न्युजभित्तो/१५ जेष्ठ २०७९, आईतवार ११:१७ 
  • चितवन,१५ जेष्ठ– १५ औं गणतन्त्र दिवसको अबसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ जना कैदीले आम माफि पाएका छन् । १५ जना पुरुष र ३ जना महिलाले आममाफि पाएका हुन ।

    कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार आममाफि पाउनेमा सवारी ज्यान मुद्धाका ४ जना, कतव्य ज्यान मुद्धाका ५ जना, चोरी मुद्धाका ५ जना र बहुबिबाहका ४ जना रहेका छन् ।

    उनीहरु मध्ये १५ जना ५० प्रतिशत कैद भूक्तान गरेका र ३ जना ४० प्रतिशत कैद भूक्तान गरेका रहेका छन् । आचार्यका अनुसार असल चालचलन भएकाहरुलाई आममाफिका लागि सिफारीस गर्ने गरीन्छ । बिभिन्न अबसर पारेर गरिने सिफारीसमा राष्ट्रपति मार्फत आममाफि दिने प्रचलन रहेको छ ।

    यस कारागारमा दुई जना आश्रीत बालिका सहित ७ सय ४१ जना कैदी बन्दी रहेका छन् । २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ जना र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ५२ जना रहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.