सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरोमा परी एक घाईते


  •    न्युजभित्तो/१४ जेष्ठ २०७९, शनिबार १७:४७ 
  • चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ नाम्दी खोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी एक जना घाईते भएका छन् । उक्त पहिरोले मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको ग १ ख ९९०९ नम्बरको हाईस र सोही दिशाबाट जादै गरेको प्र ३–०१–०२३च–०५३५ नम्बरको कारलाई क्षती पुगेको छ । घटनामा परी हाईस चालक नवलपुर कावासोती ७ बस्ने बर्ष ३६ को टिकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ । घाईतेको उपचारका लागि भरतपुरतर्फ ल्याईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.