चितवन,१३ जेष्ठ– ग्यास बुलेटमा आगलागी हुँदा अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
आज (शुक्रबार) दिउँसो १२:५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको थियो । आगलागी पछि बन्द भएको सडक दिउँसो २ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भारतको उडिसास्थित पैरवी ग्यास कम्पनिबाट धादिङको श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर जाँदै गरेको बुलेटमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगको दिउँसो १:३५ बजे आगो नियन्त्रणमा लिईएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट बुलेटको क्याविन र अगाडिको टायर जलेको जलेको उनले बताए । कुनै मानविय क्षति भने हुन पाएन ।