ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक बन्द
न्युजभित्तो/१३ जेष्ठ २०७९, शुक्रबार १४:२१
चितवन,१३ जेष्ठ– नारायणगढ मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । भरतपुर महानगरपालिका २९ पन्ध्र किलोमा भारतीय नम्बरको ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक दुबै तर्फी रुपमा बन्द भएको हो ।
आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणको लागि सडक बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो नियन्त्रणमा नआएसम्म सडक नखुल्ने समेत ट्राफिक प्रहरीले जानकारी दिएको छ । उक्त सडक हुँदै यात्रा गर्ने यात्रुहरुलाई सचेत हुन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको हो । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।