सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको नीति तथा कार्यक्रमः भरतपुरमा रंगशाला निर्माण र गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम


  •    न्युजभित्तो/११ जेष्ठ २०७९, बुधबार १६:५५ 
  • चितवन, जेठ ११- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा चितवन र गैँडाकोटमा खेलकुदका पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

    नीति तथा कार्यक्रममा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम टुंगोमा पु¥याउन समन्वय र सहजीकरण गरिने भनेर उल्लेख छ । धुर्मुस सुन्तली फाउण्डेसले अपेक्षित सहयोग नजुटेको भन्दै रंगशाला निर्माणमा हात झिकेपछि अहिले निर्माणको काम अलपत्र परेको छ । दलका शीर्ष नेताहरुको छलफल र सहमतिमा आवश्यक जग्गाको जोहो गरी रंगशाला निर्माणको काम सुरु भएकोले यो कामलाई पूरा गर्नु सरकारको दायित्वभित्र पर्छ ।

    त्यस्तै सरकारले गैँडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेलग्राम भनेको सबैप्रकारका खेलहरु खेल्न सकिने पार्क हो । त्यसैगरी सरकारले उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिने विषयलाई पनि प्राथमिकतामा राखेको छ ।

    सरकारले खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन अघि बढाउने र देशका सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दै जाने नीतिलाई पनि दोहो¥याइएको छ ।

    साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने, खेलाडीलाई मापदण्ड बनाएर पुरस्कार, भत्ता, बिमा, आकस्मिक सहयोग उपलब्ध गराउने तथा खेलाडीको स्तरवृद्धिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता एवं प्रशिक्षणमा सहभागी हुने अवसर उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सरकारले एउटा प्रदेशमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजाने नीति लिएको छ । एकपछि अर्को गरी सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला निर्माण गरिने सरकारले लक्ष्य छ । हाल बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगन्जमा सुविधासम्पन्न रंगशाला छ । सम्भवतः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशमा रंगशाला बनाउने नीतिले प्राथमिकता पाउनेछ । सरकारले दशौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.