सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन


  •    न्युजभित्तो/११ जेष्ठ २०७९, बुधबार १२:४८ 
  • चितवन, जेठ ११– मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ ।

    नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन् । ‘तत्काल मूल्य वृद्धि फिर्ता गर, जनतालाई राहत दे’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

    अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरे । उनले उक्त निर्णय फिर्ता नलिए लगातार प्रदर्शन जारी राख्ने बताए । उनीहरुको प्रदर्शनले केहीबेर भरतपुरको यातायात आवातजावत प्रभावित बनेको थियो ।

    विरोध कार्यक्रममा युवा नेता अस्विन घिमिरे, अमित गुप्ता, युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारी, विद्यार्थी नेता हरि आचार्यलगायतले नारा लगाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.