सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७ वर्षअघि बलात्कृत भएको भन्दै अर्की युवतीले स्कुलका प्रिन्सिपलमाथि लगाइन आरोप


  •    न्युजभित्तो/९ जेष्ठ २०७९, सोमबार १२:०६ 
  • काठमाडौं,जेठ ८-  एक ब्युटी पेजेन्ट कार्यक्रमको नाममा आयोजकले आफूलाई बलात्कार गरेको भन्दै घटनाको आठ वर्षपछि एक युवतीले सामाजिक संजालमा बोलेलगत्तै अहिले अर्की युवती पनि यसैगरी बोलेकी छिन् । यी युवतीले चाहिँ आफू ७ वर्षअगाडि बलात्कृत भएको र आफूलाई आफ्नो स्कुलका प्रिन्सिपलले नै बलात्कार गरेको बताएकी छिन् ।

    ७ वर्षअगाडि आफूले इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा पढ्दा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटकपटक बलात्कार गरेको दाबी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्। उनले यसअघि इन्स्टाग्राममा यसबारे पोस्ट गर्दा त्यो पोस्ट रिपोर्ट गरिएर इन्स्टाग्रामले हटाइदिएकोले फेरि फेसबुकमा पोस्ट गरेको भनेकी छिन् ।

    उनले फेसबुकमा लेखेकी छिन् – ‘७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ । घटना वर्षः (२०७२/७३) को आसपासको हो।

    म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो ।

    प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराईरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई “यता आउ यहाँ गर्मी हुदैन” भन्दै कोठा तिर जान भन्यो। त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो।

    उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम २ बर्ष सम्म जारी रह्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।

    उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चै छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यहि भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थिस्यो ।

    मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै हुन दिनु, मेरो आमा स्कूलबाट ५ मिनेट टाढा बस्नु हुन्थियो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन ? तर यो मेरो जीवनको वास्तविक कथा हो।

    मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्। म बाल्यकालदेखि नै हँकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ। मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यतिबेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलीनन्। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो।

    बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दैछु ।

    प्रिन्सिपलले नै बलात्कार गरेको बताएकी छिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.