चितवन, ८ वैशाख । पश्चिम चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको हो । उनलाई आज दिउँसो २ वजे बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्तीको सहायता खोजी गरिएको थियो । हात्ती सहितको टोलिद्धारा बोटेको खोजी पछि साँझ वन क्षेत्रमा उनको शब फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।