सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिखर इन्स्युरेन्स भरतपुरको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई जलेर एकको मृत्यु, एक घाईते


  •    न्युजभित्तो/८ जेष्ठ २०७९, आईतवार १५:०१ 
  • चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजेको समयमा कार्यालयको बाहिरपट्टी झुण्डाएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर महानगरपालिका वडा नं. १० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षिया सुवेदीको मृत्यु भएको हो ।

    सोही कार्यालयमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ७ निवासी अन्दाजी २२ वर्षिय तरुण थापा घाईते हुनु भएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको मदकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमका १ः४० बजे पूर्ण नियन्त्रणमा लिईएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । आगलागीबाट कार्यालयका कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.