सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिखर इन्स्युरेन्स भरतपुरको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई जलेर एकको मृत्यु, एक घाईते


  •    न्युजभित्तो/८ जेष्ठ २०७९, आईतवार १५:०१ 
  • चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजेको समयमा कार्यालयको बाहिरपट्टी झुण्डाएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर महानगरपालिका वडा नं. १० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षिया सुवेदीको मृत्यु भएको हो ।

    सोही कार्यालयमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ७ निवासी अन्दाजी २२ वर्षिय तरुण थापा घाईते हुनु भएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको मदकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमका १ः४० बजे पूर्ण नियन्त्रणमा लिईएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । आगलागीबाट कार्यालयका कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.