सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’


  •    न्युजभित्तो/६ जेष्ठ २०७९, शुक्रबार १२:५० 
  • काठमाडौं,६ जेष्ठ– मोडलिङमा उज्ज्वल भविष्यको सपना देखेकी एक किशोरीमाथि सुन्दरी प्रतियोगितामा सहभागी गराउने नाममा आयोजकमध्येका मुख्य व्यक्तिले यौन अपराध गरेको खुलासा भएको छ। पीडित एक युवतीले बुधबार सामाजिक सञ्जाल टिकटक मार्फत सात वर्षअघि आफूमाथि भएको यौनशोषणको घटना सार्वजनिक गरेकी हुन्।

    २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेका कारण मानसिक रूपमा विक्षिप्त बन्नुपरेको ती युवतीले बताएकी छन्। ती युवतीले आफूमाथिको घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको बताएकी छन्। उनले यौन शोषणका कारण पटकपटक आत्महत्याको प्रयास गरेको समेत उल्लेख गरेकी छन्।

    ती युवतीले आफू किशोरावस्थामा बलात्कृत भएको घटनालाई सात वर्षपछि भिडियो बनाएर पोस्ट गरेकी हुन्। २१ भागमा बाँडिएको पौने एक घन्टाको भिडियो क्लिपमा उनले आफूले भोगेका यौन हिंसाका दर्दनाक पीडा सेयर गरेकी छन्। उनको भिडियो टिकटकमा मात्रै सीमित नभएर फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबसम्म फैलिएको छ।

    टिकटकमा राखिएको भिडियो क्लिपअनुसार उनले आफूले सात वर्षको हुँदा चारवटा चलचित्रमा अभिनय गरेको बताएकी छन्। सानैदेखि उनको अभिनय, मोडलिङतिर रुचि भएको र कक्षा १२ को बोर्ड परीक्षा सकिएपछि आफू हाउस अफ फेसनमा अडिसन दिन गएको उनको भनाइ छ।

    ती युवतीका अनुसार त्यतिबेला उनी छनोटमा नपरे पनि त्यहाँका तस्बिरहरू बाहिर आएपछि ‘फोटो सुट’ का लागि बोलाइएकी थिइन्। आफू बोलाइँदा मोडल बन्न खोजेको र त्यसमै भविष्य देखेर गएको उनले बताएकी छन्। ब्युटी पेजेन्टमा भाग लिएपछि फस्ट रनर अप हुन सफल भएको पनि उनले भिडियोमा बताएकी छन्।

    फस्ट रनर अप भएपछि ‘इभेन्ट सक्सेस’ पार्टीका लागि होटल एभरेस्टमा आयोजकमध्येका मुख्य व्यक्तिबाट बोलावट भएको उनले खुलाएकी छन्। त्यसै दिन आफूलाई ‘लेमन एड’ मा केही मिसाएर दिइएको उनको भनाइ छ। १० मिनेटपछि आफूलाई रिंगटा लागेको भनेर पीडकलाई बताएको पनि उनले जानकारी दिएकी छन्। ‘उसले केटीहरूलाई गाह्रो हुन्छ भनेर रुम लिएर राखेको बताएको थियो,’ उनले भनेकी छन्, ‘म जतिबेला अर्धहोसमा आएँ, त्यतिबेला बलात्कृत भइरहेकी थिएँ।

    म बिहान ४र५ बजे पूर्ण होसमा आएँ। मेरो छेउमा नग्न भएर त्यही व्यक्ति सुतिरहेको थियो। म पनि नग्न थिएँ। त्यसपछि म यति चिच्याएँ, रोएँ, मलाई सुन्ने कोही थिएन।’ उनले आफूले सुरुमा यो घटना परिवारजन, साथीसँगी कसैलाई पनि भन्न नसकेको बताएकी छन्।

    उनले ब्युटी पेजेन्टका आयोजकले आफूमाथि ६ महिनासम्म लगातार यौनशोषण गरेको पनि बताएकी छन्। उनले तस्बिर खिच्ने क्रममा एकजना फोटो पत्रकार पनि आफूमाथि भएको यौन शोषणबारे जानकार भएको उल्लेख गरेकी छन्। नागरिक दैनिकबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.