सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजीपुरमा मदन आश्रितप्रति श्रद्धाञ्जली, शव प्राप्त गर्नेलाई सम्मान


  •    न्युजभित्तो/५ जेष्ठ २०७९, बिहीबार १३:४२ 
  • गाजीपुर, (चितवन), ५ जेठ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारीको शव प्राप्त भएको भरतपुर १७ स्थित गाँजीपुरमा आज एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । मदन भण्डारी स्मृति पार्क समितिको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सल्लाहकार एवं मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले दासढुंगादेखि गाँजीपुरसम्म एकीकृत विकासका लागि पहल गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकास गर्न अवधारणा तयार गरिएको जानकारी दिंदै चिनिया अनुदानमा काम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “चिनिया अनुदानमा दासढुंगादेखि गाँजीपुरसम्मको समग्र विकासका लागि पहल भएको छ, तर वर्तमान सरकारले काम अघि बढ्न दिएको छैन ।” सरकारी पहल नहुँदा अनुदानमा हुने काम रोकिएको उहाँको भनाई छ ।

    गाजीपुरमा विभिन्न संरचना निर्माण गर्ने काम हुँदै आएको बताउँदै उहाँले स्थानीयस्तरबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख अतिथि भट्टराईले जननेता भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको बाटोमा अघि बढ्दै जानु पर्ने बताउनुभयो ।

    मदन भण्डारी स्मृति पार्क समितिका अध्यक्ष गौरस तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन स्मृति सामुदायिक वाचानालयका अध्यक्ष नारायण सुवेदी, नेकपा एमाले भरतपुर –१८ कमिटी अध्यक्ष कृष्णभक्त भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य क. मेख बहादुर तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

    कार्यक्रम विभिन्न वडाका प्रतिनिधि, एमाले महानगर कमिटीका सदस्य, पत्रकार, एमाले जनवर्गिय सङ्गठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम एमाले महनगर कमिटी सदस्य एवं मदन भण्डारी स्मृति पार्क समिति सदस्य टिएम गुरुङले सञ्चालन गर्नुभएको थियो ।

    सो अवसरमा मदन भण्डारीको शव प्राप्त गर्ने चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनुहुनेमा स्थानीय किसान ठकुरी, हेमु थापा, श्याम थापामगर र टोकमान गुरुङ्ग हुनुहुन्छ ।

    कार्यक्रममा गाँजीपुरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको थियो । बि.सं. २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा रहस्यमय जीप दुर्घटना हुँदा जननेता भण्डारी र कुशल संगठन आश्रितको निधन भएको थियो ।

    आश्रितको पार्थिव शरीर दासढुंगामा र भण्डारी पार्थिव शरीरको जेठ ५ गते हालको भरतपुर १७ गाजीपुरमा फेला परेको थियो । उक्त क्षेत्रलाई “मदन भण्डारी स्मृति पार्क” का नाममा पर्यटकीय रुपमा विकास गरिंदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.