सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको वडाअध्यक्षको विजय जुलुसको गाडी दुर्घटना : २४ जना घाइते


  •    न्युजभित्तो/४ जेष्ठ २०७९, बुधबार १५:०३ 
  • भैरहवा,४ जेष्ठ । रुपन्देही जिल्लाको भैरहवामा विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । रुपन्देहीको भैरहवामा नेकपा (एमाले) को उम्मेदवारको विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् ।

    रुपन्देही सिद्धार्थनगर नगरपालिका-१० को विजय जुलुसको लु १ ख ८०७८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका २४ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार जारी रहेको छ । मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको एमालेको जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

    एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको २५ जना सवार बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनाको थप जानकारी आउन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.