‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो भरतपुर अभियानले सफलता पाउंँदै
न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १४:०९
चितवन, वैशाख २७– भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक बत्ती जडान कार्य जारी छ । महानगरको मुख्य चोकहरु केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा बत्ति बलिसकेको छ । आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज साँझ सम्ममा बत्ति बाल्ने तयारी महानगरको छ ।
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ति प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनु भएका शिशिर लम्सालका अनुसार १६ मिटर अग्लो पोलमा आठ वटा बत्ती जडान गरिएको छ । २ सय वाटका ती बत्ती दुई तर्फ फर्काउन सकिने प्रकृतिका छन् । एक स्थानमा बत्ती जडान गर्नका लागि रु ९ लाख १० हजार खर्च भएको उहाँले बताउनुभयो । यस्तै महानगरका अन्य चोक र बजारमा समेत साना खालको हाईमास्ट बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।