सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्लाभर आजदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक


  •    न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार ०८:५६ 
  • चितवन, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि मापदक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्रि वितरण एवं सेवनमा रोक लगाइएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि मतदान हुने दिनसम्मका लागि जिल्लाभर मादक पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ ।

    निर्वाचनलाई भय रहित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले मादक पदार्थ बिक्री वितरणमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्द्धारा जारी सूचनामा उल्लेख छ ।

    स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार नै मादक पदार्थ बिक्री वितरणमा रोक लगाईएको उहाँले बताउनुभयो । निर्णय विपरित कसैले मादक पदार्थ बिक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत सूचनामा जनाईएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.