चितवन जिल्लाभर आजदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक
न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार ०८:५६
चितवन, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि मापदक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्रि वितरण एवं सेवनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि मतदान हुने दिनसम्मका लागि जिल्लाभर मादक पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ ।
निर्वाचनलाई भय रहित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले मादक पदार्थ बिक्री वितरणमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्द्धारा जारी सूचनामा उल्लेख छ ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार नै मादक पदार्थ बिक्री वितरणमा रोक लगाईएको उहाँले बताउनुभयो । निर्णय विपरित कसैले मादक पदार्थ बिक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत सूचनामा जनाईएको छ ।