सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघले भन्यो : अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको पाईयो


  •    न्युजभित्तो/२६ बैशाख २०७९, सोमबार १८:३६ 
  • चितवन, २६ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले केही सञ्चार माध्यमले कर्तव्य भुलेर समाजमा अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको जनाएको छ । महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभएको हो ।

    विज्ञप्तिमा महासंघ, प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगको पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गरी पत्रकारितालाई स्वच्छ, मर्यादित, विश्वसनीय बनाउन सबै सञ्चारकर्मीहरुलाई आव्हान गरिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ “निर्वाचनलाई सफल, भयरहित र निष्पक्ष बनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार आफूलाई प्रस्तुत गर्नुहुन आग्रह गर्दछौं ।” महासंघले सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगर्न, सम्बन्धित निकायमा दर्ता गरेर मात्रै सञ्चारमाध्यम सञ्चालन गर्न समेत अनुरोध गरेको छ ।

    निर्वाचनको अवधिभर सहज रुपमा सूचना संकलन गर्न आवश्यक सहजीकरणका लागि स्थानीय प्रशासनसँग महासंघले आग्रह गरेको छ । पत्रकारहरुलाई पनि आफ्नो परिचयपत्र साथमा लिएर मात्रै समाचार संकलनमा जान भनिएको छ ।

    हिजो साँझ भरतपुरमा एक जनाको हत्या भएपछि उक्त घटनालाई जोडेर यहाँका केही सञ्चारमाध्यमहरुले भ्रम र उत्तेजना फैलिने किसिमलेसमाचार प्रकाशित गरेका थिए । ती समाचारको सर्वत्र भत्र्सना भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.