सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा अज्ञात समूहद्वारा एक युवाको हत्या


  •    न्युजभित्तो/२६ बैशाख २०७९, सोमबार ०७:१३ 
  • चितवन,, २६ वैशाख । भरतपुरमा एक युवाको हत्या भएको छ । हिजो सोाबार साँझ ७ः३० बजे भरतपुर महानगरपालिका वडा नं. १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । आन्तरिक विवादका कारण घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    घटनापछि आज विहान भरतपुरका दुई चोकमा टायर बालिएको छ । मिलनचोक र आस्था चोकमा टायर बालिएको हो । टायर बालेको क्षेत्रमा कोही देखिदैनन् । कस्ले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । विहानसम्म प्रहरीले घटना कस्ले र किन गर्‍यो भन्ने पत्ता नलागेको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.