भरतपुरमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पुरुषको मृत्यु
न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १४:००
भरतपुर,२५ बैशाख – चितवनको भरतपुर महानगरपालिका १० मा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।
सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।