उज्यालो भरतपुर अभियान : चौबिसकोठीपछि बसपार्कचोकमा पनि बल्यो हाईमास्ट बत्ती
न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १३:०७
चितवन,२५ बैशाख – भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडानले तीव्रता पाएको छ ।
भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा धमाधम काम भइरहेको छ । जस अन्तर्गत भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) चोकमा पनि बत्ती जडान भई बल्न सुरु भएको छ ।
बैशाख २४ गते साँझबाट बसपार्कचोकमा पनि हाईमास्ट बत्ती बल्न सुरु भएको हो । अन्य मुख्य चोकमा पनि विस्तारै बत्ती बल्ने महानगरकी कार्यबाहक मेयर पार्वती शाह ठकुरीले जानकारी दिईन् । भरतपुरको मुटु चौबिसकोठीमा यस अघि नै हाईमास्ट बत्ती जडान भइ बल सुरु भइसकेको थियो । चौबिसकोठीमा नयाँ वर्षको अवसरमा बत्ती जडान भइ बल्न सुरु भएको हो ।
हाकिमचोक, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान भइरहेको शाहले बताईन् । एउटा पोलमा २ सय वाटका ८ वटा लाइट राखिनेछ । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । मूल्य अभिवृद्धि करसहित सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभिसँग ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएको थियो ।