चितवन, २५ बैशाख । पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिवार साँझ करिब ७ः ४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० वजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट १÷१ वटा जेसिभि प्रयोग गरिएको थियो । पहिरो हटाएसगै रोकिएका सवारी साधन आफ्नो गन्तव्य तर्फ लागेका छन् ।