सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज अक्षय तृतीया : के हो अक्षय तृतीया ?


  •    न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार ०७:५९ 
  • काठमाण्डौं, २० वैशाख । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हो ।

    चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।

    भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यको अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । लामो समयपछि मंगल रोहिणी योगमा अक्षय तृतीया पर्व परेको संयोग जुरेको हो ।

    मंगलबार रोहिणी नक्षत्र एकसाथ परेमा कार्य सिद्धि योगको निर्माण हुने हुँदा हरेक प्रकारका कार्य गर्दा शुभ फल प्राप्त हुने शास्त्रीय वचन रहिआएको छ । मंगल रोहिणी योगमा प्रमुख पाँच ग्रह शक्तिशाली अवस्थामा रहेकाले विशेष शुभ मानिएको छ ।

    शनि ग्रह कुम्भ राशिमा,बृहस्पति मीन राशिमा, चन्द्रमा उच्च बृष राशिमा, शुक्रग्रह उच्च मीन राशिमा र वैशाख महिना भएकाले सूर्य पनि उच्च र पूर्ण बलियो डिग्रीमा रहेकाले राज्य पूर्णरुपमा बलियो अवस्था रहने योग निर्माण छ ।

    सामान्य दोष यस्ता शुभ योग परेको समयमा स्वझस् परिहार हुने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्ष राजाका रुपमा शनि र मन्त्रीका रुपमा बृहस्पति ग्रह भएकोले पनि विशेष महत्वका साथ हेरिरहेको छ । यस्तो समयमा राज्यले गर्न लागेका हरेक कार्य सफल भई शुभ फलमा वृद्धि हुने शास्त्रमा उल्लेख छ ।

    शनि तथा मंगल ग्रहको युक्तिसँगत भएकाले सवारी तथा हवाई दुर्घटना र आगलागीका घटनामा वृद्धि हुने हुँदा सरकार चनाखो भएर बस्नुपर्ने छ । आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दोष नाश हुनुका साथै पितृ दोष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.