गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने
न्युजभित्तो/१८ बैशाख २०७९, आईतवार १३:५४
काठमाडौँ, वैशाख १८- निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकको निर्णयअनुसार पाँच दलीय सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने भनिएको छ । र समय अपुग भएका स्थानहरुमा भने समझदारी अनुरुप कार्य गर्नरगराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने ।’