सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनीमा बाघको आक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु


  •    न्युजभित्तो/१८ बैशाख २०७९, आईतवार १३:०४ 
  • चितवन,१८ बैशाख – खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । आज आइतबार बिहान ८ बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यल्य चितवनले जनाएको छ ।

    बाघको आक्रमण भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुमरोज र इप्रका खैरहनीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्तीसहितको टोली सो वनभित्र खोजतलासको लागि खटिएको थियो ।

    टोलीले बाघले आक्रमण गरेको स्थानभन्दा अन्दाजी एक किलोमिटरभित्र आइतबार बिहान १० बजेको समयमा घाँटीमा चोट लागी दाहिने खुट्टाको तिघ्रा भागमा खाएको अवस्थामा दाहालको शव फेला पारेको र हाल घटनास्थलमा लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.