चितवन, १८ वैशाख । भरतपुर महानगरपालिकाभित्र सडकमा रहेका छोडुवा कुकुर बचाउन अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत छोडुवा कुकुरको घाँटीमा चम्किलो पट्टी (लुमिनेसेन्ट कोरल) लगाउन शुरु गरिएको हो ।
वान हेल्थ नेपाल नामक संस्थाले विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबारबाट यो अभियान शुरु गरेको छ । संस्थाका अध्यक्ष प्रसिद्ध पौडेलका अनुसार महानगरभित्र १ हजार ५०० देखि १ हजार ६०० छोडुवा कुकुर रहेको अनुमान गरिएको छ ।
राजमार्ग र भित्री सडकमा सवारीको ठक्करबाट धेरै कुकुरको मृत्यु भएपछि रातीमा चम्किने पट्टी कुकुरको घाँटीमा लगाउन शुरु गरिएको पौडेलको भनाई छ । उहाँले भन्नुभयो “यो अभियानले दुर्घटना कम गर्नुका साथै कुकुरको मृत्युमा पनि कमि ल्याउने अपेक्षा गरेका छौं ।” महानगरभित्रका सबै छोडुवा कुकुरलाई पट्टी लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । आगामी ६ महिनाभित्र सबै कुकुरलाई पट्टी लगाई सक्ने उहाँले जानकारी दिनुभयो ।
भरतपुरको चौबीसकोठीमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. जितेन्द्र लामाले पशुको बाँच्न पाउने अधिकारको रक्षाका लागि संस्थाले गरेको यो कार्यको प्रशंसा गर्नुभयो ।
अभियानलाई रोट¥याक्ट क्लब अफ नारायणी मिडटाउन, हिमालयन एनिमल रिसर्च ट्रष्ट, सेन्टजेभिएर इन्स्टिच्यूट, ग्लोबल गेटवे इन्टरनेशनल ट्राभल्स एण्ड टुृर्स, जिल्ला प्रहरी कार्यालय चितवन लगायतका संस्थाहरुले सहयोग गरिरहेका छन् ।