सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकका कुकुरलाई चम्किलो पट्टी


  •    न्युजभित्तो/१८ बैशाख २०७९, आईतवार १०:५८ 
  • चितवन, १८ वैशाख । भरतपुर महानगरपालिकाभित्र सडकमा रहेका छोडुवा कुकुर बचाउन अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत छोडुवा कुकुरको घाँटीमा चम्किलो पट्टी (लुमिनेसेन्ट कोरल) लगाउन शुरु गरिएको हो ।

    वान हेल्थ नेपाल नामक संस्थाले विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबारबाट यो अभियान शुरु गरेको छ । संस्थाका अध्यक्ष प्रसिद्ध पौडेलका अनुसार महानगरभित्र १ हजार ५०० देखि १ हजार ६०० छोडुवा कुकुर रहेको अनुमान गरिएको छ ।

    राजमार्ग र भित्री सडकमा सवारीको ठक्करबाट धेरै कुकुरको मृत्यु भएपछि रातीमा चम्किने पट्टी कुकुरको घाँटीमा लगाउन शुरु गरिएको पौडेलको भनाई छ । उहाँले भन्नुभयो “यो अभियानले दुर्घटना कम गर्नुका साथै कुकुरको मृत्युमा पनि कमि ल्याउने अपेक्षा गरेका छौं ।” महानगरभित्रका सबै छोडुवा कुकुरलाई पट्टी लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । आगामी ६ महिनाभित्र सबै कुकुरलाई पट्टी लगाई सक्ने उहाँले जानकारी दिनुभयो ।

    भरतपुरको चौबीसकोठीमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. जितेन्द्र लामाले पशुको बाँच्न पाउने अधिकारको रक्षाका लागि संस्थाले गरेको यो कार्यको प्रशंसा गर्नुभयो ।

    अभियानलाई रोट¥याक्ट क्लब अफ नारायणी मिडटाउन, हिमालयन एनिमल रिसर्च ट्रष्ट, सेन्टजेभिएर इन्स्टिच्यूट, ग्लोबल गेटवे इन्टरनेशनल ट्राभल्स एण्ड टुृर्स, जिल्ला प्रहरी कार्यालय चितवन लगायतका संस्थाहरुले सहयोग गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.