सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी


  •    न्युजभित्तो/१८ बैशाख २०७९, आईतवार १०:३० 
  • काठमाडौं,१८ बैशाख।  सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ ।

    मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ ।

    सीमा क्षेत्रबाट प्रचार हुन सक्ने आँकलन गर्दै चुनावी प्रचार रोक्न सरकारले कूटनीतिक च्यानलमार्फत पत्र पठाउन लागेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सीमाक्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारको पक्ष वा विपक्षबाट हुन सक्ने गतिविधि रोक्नुपर्ने देखिएको जनाएको छ । अब केही दिनमै परराष्ट्र मन्त्रालयले आयोगको आग्रहअनुसार दुई छिमेकी देशलाई कूटनीतिक पत्र पठाउनेछ ।

    परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार निर्वाचन आयोगको पत्र आइसकेकाले छिट्टै दुई देशको दूतावासमार्फत निर्वाचन प्रचार रोक्न आग्रह गर्न लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.