चितवन, १६ वैशाख । भरतपुर महानगरपालिकाको निर्वाचनमा गठबन्धन विरुद्ध उम्मेदवारी दिनु भएका जगन्नाथ पौडेललाई चौतर्फी दवाव दिईरहेको समयमा माओवादीबाट बागी उठेकाहरुलाई भने हाइसन्चो भएको छ । माओवादीबाट बागी उठेका उम्मेदवारलाई फिर्ता गराउन कसैले पहल वा दवाव दिएको पाईदैन ।
माओवादीबाट बागीमा महानगरको प्रमुख (मेयर) पदमा हरिशरण श्रेष्ठ र रामकृष्ण ओझाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख (उपमेयर) मा रविचन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् । माओवादीका एक नेताका अनुसार यी तीनै जना माओवादी नेता कार्यकर्ता हुन् । तर उनीहरुलाई उम्मेदवारी फिर्ता बारे भने कसैले चासो दिएको छैन । रविचन्द्र पत्रकार समेत हुन् ।