काठमाडौं,१५ बैशाख। सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारबिरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिइदिन अपिल गरेका छन् ।
बिहीबार अपिल जारी गर्दै उनले पाँचदलीय गठबन्धनको अपरिहार्यता सम्झिदिन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनेका छन्, “आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५:०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन अपिल गर्दछु ।”