नारायणगढको कमलनगरमा भिषण आगलागी, पाँच घण्टापछि नियन्त्रणमा
न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार ०७:१५
चितवन, १५ वैशाख । नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहान ७ बजे नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार दमकलहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।
प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।
सुरुमा भरतपुर महानगरपालिकाको एउटा दमकल बोलाएर आगो निभाउन सुरु गरे पनि त्यसलमात्र नसकेपछि खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल पनि झिकाइएको थियो ।
प्रहरीका अनुसार बिष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाईल पसल, बिष्णु आचार्यको दुर्गा ईलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल आगोले क्षति पु-याएको छ । अन्य पसलधनीहरु सम्पर्कमा आईसकेका छैनन् । क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।