सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढको कमलनगरमा भिषण आगलागी, पाँच घण्टापछि नियन्त्रणमा


  •    न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार ०७:१५ 
  • चितवन, १५ वैशाख । नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहान ७ बजे नियन्त्रणमा आएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार दमकलहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।

    प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।

    सुरुमा भरतपुर महानगरपालिकाको एउटा दमकल बोलाएर आगो निभाउन सुरु गरे पनि त्यसलमात्र नसकेपछि खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल पनि झिकाइएको थियो ।

    प्रहरीका अनुसार बिष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाईल पसल, बिष्णु आचार्यको दुर्गा ईलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल आगोले क्षति पु-याएको छ । अन्य पसलधनीहरु सम्पर्कमा आईसकेका छैनन् । क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.