पाँच नेताको विज्ञप्ति : निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन
न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १६:४०
काठमाडौं,१४ बैशाख– गठबन्धनले गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् ।
सम्बन्धित दलले नै पहल गरेर स्वतन्त्र हैसियतमा दर्ता गरेका उमदेवारीहरु फिर्ता गराउने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निर्णय गरिएको उल्लेख छ ।