सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको विप्लवको स्पष्टोक्ति


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १२:५९ 
  • काठमाडौँ,१४ बैशाख।  नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको स्पष्टोक्ति दिएका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै विप्लव धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको बताएका हुन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र र हेमन्तलाई पदमुक्त गरेसंगै विभाजन उन्मुख देखिएको छ ।

    महासचिव विप्लवले वली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि, मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका मेडियाहरुमा छाडा तथा अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका हुन् ।

    पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले धर्मेन्द्र र सुदर्शनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।

    पार्टीलाई विभाजन गर्ने खालका गतिविधि गरेको आरोप लगाउदै विप्लवले उनीहरूलाई पदमुक्त गरेसंगै विप्लव नेतृत्वको नेकपा विभाजन नजिक पुगेको हो । पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र सुदर्शनले पार्टी घोषणा गर्ने तयारी समेत गरेको पनि बुझिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.