सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय निर्वाचनका लागि १ लाख ३७ हजार उम्मेदवारको मनोनयन दर्ता


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार ११:५५ 
  • काठमाडौँ,१३ बैशाख। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुल १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी उक्त संख्या उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

    हिजो सोमबारसम्म मनोनयन दर्ताको समय थियो । आज मंगलबार बिहानसम्मको अद्यावधिक तथ्यांकअनुसार देशभरिका सबै स्थानीय तहबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो । जसमध्ये नगरपालिका (महानगर तथा उपमाहानगर समेत) प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदका लागि २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।

    अयोगका अनुसार गाउँपालिका अध्यक्ष पदमा ३ हजार २६४ जना र उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    वडाअध्यक्ष पदको उम्मेदवारीमा पनि धेरैको आकर्षण देखिएको छ । वडाध्यक्षका लागि ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी संख्यामा भने वडा सदस्यका उम्मेदवार रहेका छन् । वडामा खुला सदस्यका लागि ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्य र दलित सदस्यमा क्रमशः २३ हजार ५२१ र २१ हजार २२१ जनाको मनोनयन दर्ता भएको छ ।

    सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

    आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.