सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयातित संक्रमितका कारण चितवनमा औलोको जोखिम कायमै


  •    न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार १३:५९ 
  • चितवन,१२ बैशाख– चितवनमा आयातित संक्रमितका कारण औलोको जोखिम कायमै रहेको छ । स्थानीय संक्रमित शुन्य भए पनि आयातित संक्रमितका कारण जोखिम कायमै रहेको हो ।

    चालु आर्थिक वर्षमा चितवनमा स्थानीय संक्रमित शुन्य छ । तर यही अवधिमा पाँच जना आयातित संक्रमित पाईएको औलो दिवसको अवसरमा आज (सोमबार) स्वास्थ्य कार्यालय चितवनका आयोजित कार्यक्रम मार्फत जानकारी गराईएको छ ।

    कार्यालयका अनुसार चालु आवमा दुई हजार २४० जनामा औलो परीक्षण गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जनामा प्लाज्मोडियम फाल्सिपारम र तीन जनामा प्लाज्मोडियम भाइभेक्स देखिएको निमिक्त कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

    चालु आवमा संक्रमण पुष्टि भएका सबै संक्रमित आयातित नै भए पनि उनीहरुबाट फैलिने जोखिम भने कायमै रहेको उनले बताए । स्थानीय स्तरमा नै नभई बाहिरबाट आएकाहरुमा देखिने संक्रमणलाई आयातित भनिन्छ ।

    बिशेष गरी अफ्रिकी मुलुकबाट आउनेमा औलोंको जोखिम बढी हुने उनले बताए । बाहिरबाट आएकाहरुमा औलोको लक्षण देखिए पनि परीक्षण नगरि घरमै बस्दा त्यसले समाजमा संक्रमन फलिने जिखिम बढी हुने उनले बताए ।

    ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलो परीक्षण गर्न उनको आग्रह छ ।

    चितवनमा आव ०७५/०७६ मा ८ हजार ५१४ जनाको परीक्षण गर्दा १० जनामा औलो संक्रमण पुष्टि भएको थियो । ती मध्ये नौ जना आयातित र एक जना स्थानीय बिरामी हुन् । यस्तै ०६७/७७ मा ६ हजार १८ जनाको परीक्षण गर्दा सात आयातित र दुई स्थानीय गरी नौं जना तथा ०७७/७८ मा २ हजार ६२८ जनाको परीक्षण गर्दा एक जना आयातितमा संक्रमण पुष्टि भएको थियो ।

    औलोबाट बच्नका लागि घर वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता कार्य गर्न सकिन्छ । नेपाललाई सन् २०२५ सम्म औलोमुक्त बनाउने सरकारको योजना रहेको छ । २०२२ सम्म स्थानीय संक्रमित शुन्य बनाउने योजना छ ।

    औलो बारे रिपोर्टिङलाई सजिलो बनाउन सरकार एसएमएस सिस्टम लागु गरेको छ । यसबाट कुनै पनि स्वास्थ्य संस्थामा औलोका संक्रमित भेटिए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउन सकिनेछ । सरकारले औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराईदै आएको छ ।

    यसैबीच औलोबाट बच्नका लागि स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म आठ हजार ९२३ गर्भवती महिलालाई किटनाषक झुल वितरण गरेको छ । आव २०७५/७६ मा चार हजार २७५, ०७६/७७ मा तीन हजार ६९८, ०७७/७८ मा आठ सय ८९ तथा चालु आवमा ६१ जनालाई झुल वितरण गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् ।

    एनोफलीज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने गर्दछ । संसारमा चार सय जातका एनोफलीज लामखुट्टेहरु पाईने तथ्यांक रहेको छ । प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहक प्रमाणित भएका छन् भने नेपालमा हाल सम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन् । ती मध्ये एनोफीलीज मिनिमस्, एनोफलीज् फ्लूभियाटिलीज्, एनोफलीज् माय्कुलाटस् कम्प्लेक्स, एनोफलीज् एनुलारीज् गरी चार जातले मात्र औलो सार्ने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.