सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक वनमा बाघको जोखिम बढ्यो, जोखिमयुक्त क्षेत्रमा प्रवेश नगर्न आग्रह


  •    न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार १०:१७ 
  • भरतपुर,१२ बैशाख।  पछिल्लो समय खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले आइतबार एकै दिन चितुवा र पाटेबाघ नजिकनजिकमै देखिएको बताए।

    ‘दराई–बोटे तालबाट सौराहा जाने जीप सफारी रहेको ठाउँको करिब आधा किलोमिटर वरिपरि हामीले रूखमा बसिरहेको अवस्थामा चितुवा देख्यौँ, भुईँमा हिँडिरहेको अवस्थामा पाटेबाघ देख्यौँ,’ उनले भने, ‘यसले पर्यटकको आकर्षण बढाए पनि स्थानीयमा डरसमेत बढाएको छ।’ आइतबार साँझ करिब ५ः३० बजेतिर बाघ देखिएको उनले बताए।

    सामुदायिक वनका कर्मचारी दीपक भण्डारीले पनि बाघको गतिविधि पहिलेदेखि नै बढी हुने भए पनि पछिल्लो समय अझै बढेको जानकारी गराए। ‘पछिल्लो दिन प्रायःजसो बाघ, चितुवा आदि देखिन थालेका छन्,’ उनले भने, ‘यसरी दिउँसै बाघ र चितुवा देखिनु भनेको सामुदायिक वनमा अलि बढी डर पैदा हुनु हो।’ चालू आर्थिक वर्षमा मात्रै कुमरोज मध्यवर्ती सामुदायिक वनमा तीन जना मान्छे बाघको शिकार भइसकेको उनले बताए।

    ‘सामुदायिक वन भएकोले वरिपरिका स्थानीयलाई घाँस–दाउरा गर्न जानैपर्ने बाध्यता पनि छ,’ उनले भने, ‘तर, वनले सकभर जोखिमयुक्त स्थानमा नजान सचेत गराइरहेको छ।’ सामुदायिक वन भएकोले सबैलाई रोक्न पनि नसकिने उनको भनाइ छ। तर, जानै परे पनि सकभर धेरै जनाको संख्यामा जान वन कार्यालयले सुझाव दिँदै आएको उनले बताए।

    बाघको लागि पर्याप्त आहार भएको हुँदा दैनिकजसो बाघ देखिन थालेको उनको अनुमान छ। ‘हत्तपत्त बाघ देखिँदैन, तर शिकार गर्ने बेलामा र एक ठाउँबाट अर्को ठाउँ जाने बेलामा मात्रै देखिन्छ,’ भण्डारीले भने, ‘दराई–बोटे ताल आसपासमा बाघको आहारा बढी छ। त्यसैले आहाराको लागि बाघ निस्किएको पनि हुन सक्छ।’

    दिउँसोभन्दा साँझ–बिहानको समयमा बढी देखिने गरेको छ। यो सामुदायिक वन ६९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। ‘केही समयअघि चितवन राष्ट्रिय निकुञ्जले बाघको अनुगमन गर्दा यही ६९४ हेक्टरभित्र मात्रै सातवटा बाघ देखेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘कुमरोजमा बाघ, चितुवाको संख्या बढी नै रहेको अनुमान गर्न सकिन्छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.