सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा गठबन्धनबीच छलफल जारी, माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गर्ने


  •    न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार ०९:५९ 
  • रत्ननगर,१२ बैशाख। रत्ननगर नगरपालिकामा गठबन्धन दलले वडाध्यक्षमा अझै टुङ्गो लगाउन सकेको छैन । गठबन्धन दलका नेताहरुबीच छलफल चलिरहँदा नेकपा (माओवादी केन्द्र) रत्ननगर नगरसमितिले आइतबार बेलुकी विज्ञप्ति जारी गर्दै गठबन्धन समन्वय समितिले चितवनका सात पालिकाको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउँदा रत्ननगरमा आफ्नो पार्टीको प्रतिनिधित्व नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।

    वडाध्यक्षको बाँडफाटमा आफ्नो पार्टीको सदस्य संख्या, भौगोलिक अवस्था र जनमतको आधारविपरीत रहेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र) रत्ननगर नगरसमितिले रत्ननगरका १६ वटै वडामा सबै राजनीतिक दलहरुसँग मित्रवत् प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिने जनाएको छ ।

    पार्टीका नगर उपाध्यक्ष प्रदीपकुमार बञ्जाराका अनुसार गठबन्धनले आफ्नो पार्टीलाई सम्मानजनक ढङ्गले उमेदवार चयन गर्न कन्जुस्याइँ गरेकाले गठबन्धनको मूल मर्मप्रति सहमति प्रकट गर्दै रत्ननगरमा माओवादी एक्लै दलहरुसँग प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनका अनुसार आफूहरुले सहमतिको प्रयास जारी नै राखेकाले मिल्न सक्ने सम्भावना अन्त्य भइनसकेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.