सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पल शाह प्रकरण : नाबालिकादेखि पीडितका बुबा सबैले फेरे बयान


  •    न्युजभित्तो/९ बैशाख २०७९, शुक्रबार ११:५७ 
  • नवलपुर,९ बैशाख। नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कारागारमा रहेका अभिनेता पल शाहविरूद्ध जाहेरी दिनेदेखि पीडित बालिकाको पक्षमा साक्षी बसेका सबैले बयान फेरेका छन् ।

    बिहीबार नवलपुर जिल्ला अदालतमा उनीहरुले बकपत्रमा बयान फेरेका हुन् । नाबालिका गायिकाले पनि बुधबार बकपत्रमा बयान फेरेकी थिइन् । नाबालिका गायिकाले घटना हुँदै नभएको र प्रतिवादी पल शाह निर्दोष रहेको बताएकी थिइन् ।
    बिहीबार जाहेरवाला गायिकाका बुबाको पनि बकपत्र गरिएको थियो । उनले पनि घटना नभएको बताएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

    बिहीबार बिहानैदेखि सुरू भएको बकपत्र लिने क्रममा बिहीबार अभिनेता पल शाह, नाबालिका गायिका, उनका बुबा, कलाकार दुर्गेश थापा, पलका आफन्तलगायत नवलपुर जिल्ला अदालत आएका थिए ।

    बिहीबार गायिकाका बुबाका साथै घटनाका साक्षी कलाकार दुर्गेश भन्ने दुर्गाबहादुर थापा, अनन्त कँडेल, योगेश काजी भन्ने योगेश शाहको बकपत्र गरिएको थियो । यी तीनैजना साक्षीले यसअघि प्रहरीसमक्ष गरेको कागजमा पल दोषी रहेको बताएका थिए । अहिले बकपत्रमा भने घटना नै नभएको भनेर बकपत्र गरेको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

    जिल्ला अदालत तनहुँमा बकपत्रमा बयान फेरेकी गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी थिइन् । बुधबार अभिनेता पल शाहविरूद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित गायिकाको बकपत्र गरिएको हो भने बिहीबार ४ जनाको गरिएको हो । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासमा बकपत्र गरिएको हो । यादवका अनुसार वादी नेपाल सरकार पक्षका साक्षी २÷३ जनाको बकपत्र बाँकी छ भने प्रतिवादी पल शाह पक्षका ६÷७ जनाको बकपत्र लिन बाँकी छ ।

    बकपत्र सक्न अझै कम्तीमा दुई दिन लाग्ने बताइएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरको इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिएका हुन् ।

    पीडित बालिका, जाहेरीवाला, साक्षीहरु सबैले बकपत्रमा बयान फेरेपछि अभिनेता पल शाहको पक्षमा मुद्दा ढल्किने सम्भावना रहे पनि पल छुट्न सक्ने सम्भावना धेरै देखिएको छ ।

    कानुन व्यवसायीहरुका अनुसार अभिनेता पलले तनहुँ र नवलपुरमा सरकारी वकिलसमक्ष दिएको बयानमा गल्ती स्वीकार नगरेको र अहिले पीडित, जाहेरी दिने र सरकारी साक्षी सबैले बयान फेरेपछि पलको पक्षमा मुद्दा ढल्किएको छ ।
    किटानी जाहेरी, साक्षीले प्रहरीसमक्ष मौकामा गरेको कागजमा दिएको बयान र मेडिकल रिपोर्टका आधारमा पनि पललाई दोषी ठहर गर्ने सम्भावना रहन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.