माडी,९ बैशाख। नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटीको बैठकले नगरप्रमुखको उमेदवारमा ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले मेयर पदको उमेदवारमा हालका नगरप्रमुख ठाकुरप्रसाद ढकालसहित हालै शिक्षण सेवाबाट राजीनामा दिएका ऋषिराम काफ्ले, महिला नेतृ अम्बिका लामिछाने, माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो र नेता भरत तिमिल्सिनालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, उपमेयर पदको उमेदवारमा युवानेता सन्तोष पनेरु तथा महिला नेतृहरु विष्णु क्षेत्री, सावित्री पाण्डे, डिलकुमारी काफ्ले र विश्वमती महतोलाई सिफारिस गरेको छ ।
त्यस्तै, गठबन्धन र अन्य कार्यहरुमा वार्ताका लागि नेताहरु दण्डपाणि पौडेल, ऋषि काफ्ले, गिरिधारी सुवेदी, प्रभुप्रसाद महतो, केदार अधिकारी, भरत तिमिल्सिना र सन्तोष पनेरु सम्मिलित टोली गठन भएको र वडा तहका उमेदवारको निर्णय गर्ने अधिकार नगर कार्यालयलाई दिने निर्णय भएको छ ।