सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाको घोषणापत्र : सबै नागरिकको स्वास्थ्य बिमादेखि ज्येष्ठ नागरिकलाई तीर्थयात्रासम्म


  •    न्युजभित्तो/७ बैशाख २०७९, बुधबार १६:४९ 
  • काठमाडौँ,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । राप्रपाले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

    पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारा सहितको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक गरिएको घोषणापत्रमा सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गर्नेदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थ यात्रा गर्नेसम्म प्रतिबद्धता जाहेर गरेका छन् । अध्यक्ष लिङ्देनका सहितका नेताहरू सहभागी घोषणापत्र सार्वजनिक कार्यक्रममा राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याएको हो ।

    यस्तै घोषणापत्रमा जेष्ठ नागरिकलाई देशभित्र धार्मिक स्थलमा निशुल्क यात्राको व्यवस्थादेखि एक स्थानीय तहमा एक गौशाला निर्माणसम्मका योजना रहेका छन् । यस्तै निम्न आय भएका हरेक सुत्केरीलाई ३ महिनासम्म ३००० रुपैयाँ मासिक भत्ता दिने पनि उल्लेख गरिएको छ ।

    यस्तै आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो ।

    भूमिहीन नागरिकलाई एकल तथा सामूहिक आवासको व्यवस्था, सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ उपलब्ध गराउने उल्लेख छ । त्यस्तै कृषि तथा वाली बिमाको व्यवस्था गरिने, गाई भैंसीमा सुत्केरीभत्ता, एक घर एक धाराको व्यवस्था गरिने प्रतिबद्धता गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.