सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनक मावि प्रकरण : आरोपित शिक्षकविरूद्ध छात्राले दिइन् जाहेरी


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार ११:५६ 
  • गैँडाकोट,६ बैशाख – नवलपुरको गैँडाकोट नगरपालिका स्थित जनक माविका शिक्षकले आफुमाथि यौन दुर्व्यवहार गरेको भन्दै छात्राले जाहेरी दिएकी छन् ।

    कक्षा १२ मा अध्ययनरत छात्राले सोही विद्यालयका शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी हुन् । शिक्षकले आफूविरूद्ध यौन हिंसा र अभद्र व्यवहार गरेको जाहेरीमा भनिएको छ । आरोपित शिक्षकविरुद्ध सार्वजनिक तथा नैतिकताविरूद्धको कसुरमा जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

    उनका अनुसार नियन्त्रणमा लिइएका शिक्षकलाई अदालतबाट सात दिन हिरासतमा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ। जाहेरी दर्ता गरेकी छात्राले शिक्षकले अश्लील भिडिओ देखाउने, संवेदनशील अंगमा छुने, शारीरिक सम्बन्धका कुरा गर्ने गरेको बताइन्।

    छात्राका अनुसार शिक्षकले फेसबुक म्यासेन्जरबाट म्यासेज पठाएर विद्यालयको ल्याबमा बोलाएका थिए। ल्याबमा बोलाएर अश्लील भिडिओ देखाउने, संवेदनशील अंगमा छुने गरेपछि उनले प्रतिवाद गरेर साथीहरुलाई घटना सुनाएकी थिईन् ।

    शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै आइतबार उक्त विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका थिए। अभद्र व्यवहार गरेको जानकारी दिँदा पनि विद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए।

    आरोपित शिक्षकलैइ नियन्त्रणमा लिई अदालतबाट सात दिन हिरासतमा राख्ने म्याद गरी प्रहरीले अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । घटनापछि विद्यालयको पठन पाठन ठप्प छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.