काठमाडौ, ५ बैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगर आफुहरुले दावी नगरेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भरतपुर महानगर माओवादीको बटमलाइन नभएको बताए । माओवादीले एउटा न एउटा महानगर पाँउछ होला,त्यसमा भरतपुर नै चाहिन्छ भनेर मैले भनेको छैन । प्रचण्डले गठबन्धनमा सहमती नभए माओवादी एक्ले चुनाब लड्ने बताए ।
प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रचण्डले देश निर्वाचनको तयारीमा होमिसकेकोले अब निर्वाचन नसार्ने बताए । निर्वाचनका विषयमा आशंका गर्नुपर्ने अबस्था नरहेको भन्द्र प्रचण्डले निर्वाचन सर्दैन,मिडियामा आएका कुराहरु अनुमानकै भरमा आएका हुन । निर्वाचन बैशाख ३० मै हुन्छ उनले भने त्यसका लागि सहयोग र योगदान गर्ने आह्वान गरे ।
उनले गठबन्धनका सहयात्री दलहरु एउटै चुनाब चिन्हबाट चुनाब लड्ने सम्भावना नरहेको बताए । प्रचण्डले निर्वाचनको प्रक्रिया धेरै अगाडि बढिसकेकाले अब एउटै चिन्हबाट चुनाब लड्ने कुरा प्रया असम्भव जस्तै भैसकेको बताए । उनले विप्लप नेतृत्वको माओवादीलाई पनि निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।