सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धन : स्थानीय तहको बाँडफाँटबारे बसेको बैठक बिना निष्कर्ष टुंगियो


  •    न्युजभित्तो/४ बैशाख २०७९, आईतवार १७:०७ 
  • काठमाडौं,४ बैशाख । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे आज पनि सहमति जुट्न सकेन । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

    पछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन–कुन स्थानीय तहमा कसरी उम्मेदवार खडा गर्ने भन्ने छलफल भएको बताए । स्थानीय निर्वाचनमा नगरपालिका र गाउँपालिकामा भागबण्डाको ‘पारुप’ तय गर्ने भनेर बैठक बसेको थियो ।

    मन्त्री कार्कीले स्थानीय तहमा तालमेल गरेर गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउने विषयमा छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको जानकारी दिए । आजै आइतबार बिहान बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बसेको थियो ।

    गठबन्धनमा रहेका पाँच दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा गरिने भनिएको भागबण्डाको तालमेलबारे भोलि सोमबारसम्म टुंग्याउने भएका छन् । गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो ।

    बालुवाटार स्रोतका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत भएको छ । आज आइतबार बसेको बैठकले छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने समझदारी समेत गरेको बैठकमा सहभागी एक नेताले बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.