एक-दुई दिनभित्र सम्भव नहुने ठाउँमा तालमेल हुँदैन : गगन थापा
न्युजभित्तो/४ बैशाख २०७९, आईतवार १३:०९
काठमाडौं,४ बैशाख – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक-दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।
बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सम्भावना भएको ठाउँमा तालमेल हुने र नभएको ठाउँमा नहुने बताएका हुन् । ‘अबको एक-दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’
निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।