भरतपुर,४ बैशाख । चितवनको बजारमा केरा र कागतीको मूल्य यतिबेला चुलिएको छ । फलफूलमा अन्यको मूल्य स्थिर रहे पनि केराको मूल्य अचाक्ली बढेको फलफूल व्यवसायीहरु बताउँछन् ।
एक साताअघि मात्र एकसय रूपैयाँ दर्जनमा सजिलै पाइने मालभोग केरा हिजोआज भरतपुर–२, क्षेत्रपुरको महानगर फलफूल तथा तरकारीबजारमा एक दर्जन खद्रा केराको मूल्य झन्डै दुई सय रूपैयाँ पुगेको छ । व्यवसायीहरु आफ्नै मालभोग केराको होलसेल मूल्य १५० रूपैयाँ परिरहेको बताएका छन् ।
‘एक दर्जन केराको मूल्य आफ्नै १५० रूपैयाँ हाराहारीमा परेको छ, कति टुक्रन्छ, कति गलेर जान्छ, अनि करिब २०० रूपैयाँ दर्जन केरा नबेचे पोसाउँदैन’ क्षेत्रपुर तरकारीबजारका एक व्यवसायीले भने, ‘बजारमा स्याउ, अनार, अङ्गुरलगायत फलफूलको भाउ बढेको छैन, तर केराको भाउ बढेको छ ।’ केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको ती व्यवसायी बताउँछन् ।
उनका अनुसार नेपाली केरा किसानले यतिबेला केराको भाउ राम्रो पाइरहेका छन् । केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरेले किसानको बारीबाटै प्रतिकोसा केराको मूल्य ५ रूपैयाँ ५० पैसामा बिक्री भइरहेको बताए । उनले भने, ‘किसानले यतिबेला केराको भाउ राम्रो पाइरहेका छन्, राम्रो एक कोसा केराले साढे पाँच रूपैयाँ भाउ पाइरहेको छ ।’
नेपालमा केरा एलसीबाट मात्रै आउने गरेको थियो । त्यो केरा आयात रोकिएको हुनाले नेपाली केराको मूल्य अकासिएको व्यवसायीहरु बताउँछन् । एक व्यवसायीका अनुसार अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले केही दिनपछि केराका मूल्य अझ बढ्नेछ । व्यवसायीहरु भारतबाट केरा नआएको बताउँछन् ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष घिमिरे भारतबाट केरा अझै आयात भइरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘भारतबाट आइरहेका छन्, भारतबाट यतिबेला आएका केरा अझ महँगो भएका छन्, चितवनमा हामी किसानले एउटाको पाँच रूपैयाँमा दिइरहेका छौँ भने भारतबाट आएको केरा एउटै कोसाको १० रूपैयाँ परेको छ ।’
उनले भारतबाट आयात महँगो केरा नै दर्जनको दुई सय रूपैयाँसम्म पर्न गएको दाबी गरे । उनले भने, ‘हामीले बेचेको केरा एउटा कोसाको बढीमा ८ रूपैयाँभन्दा बढी नपर्न पर्ने हो, एक सय रूपैयाँ दर्जनमा सजिलै पाइनुपर्ने हो । उनले भारतबाट आयातीत केरा नै महँगो भएको दाबी गरे ।
यतिबेला अन्य तरकारीको भाउ घटे पनि कागतीको भाउ भने अचाक्ली बढेको छ । महानगर तरकारी बजार क्षेत्रपुरका व्यवसायी रामचन्द्र रेग्मीले कागती नेपाली उत्पादन नभएका कारण भाउ बढेको बताए । उनका अनुसार यतिबेला कागती किलोको झन्डै ४०० रूपैयाँ छ । उनले भने, ‘यतिबेला घिरौलादेखि लौकासम्मको भाउ घटे पनि कागतीको मूल्य भने बेस्सरी बढेको छ ।’
उनका अनुसार कागतीको थोक मूल्यमा सत्प्रतिशत नै वृद्धि भएको छ । उनले भने, ‘प्रतिगोटा कागती १५ रूपैयाँदेखि २० रूपैयाँसम्म पर्न थालेको छ, किलाको झन्डै ३५० देखि ४०० रूपैयाँसम्म पर्न थालेको छ ।’ उनले कागती भारतबाट आउने भएको कारणले भाउ उतैबाट बढेर आएको दाबी गरे ।
देशभित्रकै उत्पादनले नपुग्ने भएपछि पछिल्लो समय कागती पनि भारतबाट ठूलो परिमाणमा आयात भइरहेको छ । भारतमा कागती भाउ बढेकोले नेपालमा त्यसको प्रत्यक्ष प्रभाव परेको ती व्यवसायी बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले चितवनको बजारमा कागती र केराको भाउ तीव्ररुपमा बढेको बताए ।