सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौसम खुल्न थालेसँगै गर्मी बढ्यो, केही दिन पानी नपर्ने


  •    न्युजभित्तो/३ बैशाख २०७९, शनिबार ०७:३२ 
  • काठमाण्डौ, ३ वैशाख । अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ । यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । हिजो भैरहवाको तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

    यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रि–मनसुनको समयमा बेलुकातिर देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना भने रहन्छ । आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ ।

    आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश(१ का थोरै ठाउँमा मात्रै छिटफुट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविद्को अनुमान छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.